अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

विमान खरिदको अनियमितता छानबिन गर्न माग गर्दै नयाँ शक्तिद्वारा निगम अगाडि प्रदर्शन

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:५५ मा प्रकाशित

नयाँ शक्ति नेपाल पार्टीले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । निगमको केन्द्रीय कार्यालय सुन्धाराअगाडि शुक्रबार नयाँ शक्तिले सत्यतथ्य छानबिनको मागसहित प्रर्दशन गरेको हो ।

अनियमितताले नेपाल वायु सेवा निगमलाई धरासायी बनाउन लागिएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ । प्रदर्शनकारीले ‘लाउडा, धमिजा वाइड बडी, कति गर्छौ गडबडी?ʼ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

यसैबीच विमान खरिदमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू