अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

अमेरिकामा पढ्ने नेपाली विद्यार्थी संख्या हालसम्मकै उच्च

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ७:४० मा प्रकाशित

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या सन् २०१८ मा हालसम्मकै उच्च रहेको छ । अमेरिकाको शिक्षा तथा संस्कृति मामिला विभाग र ओपन डोर रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा यस बर्ष झण्डै १४. ३ प्रतिशतले वृद्धि भएसंगै अहिले सम्मकै उच्च बनेको हो । यो संगै नेपाल अमेरिकामा धेरै विद्यार्थी पठाउने विश्वका २५ देशमध्ये सबैभन्दा बढी विद्यार्थी वृद्धिदर भएको देश बनेको छ । लगातार तीन वर्ष बढेर नेपाली विद्यार्थी संख्या अमेरिकामा यो वर्ष १३ हजार २ सय ७० पुगेको जनाईएको छ ।

अमेरिकाका शिक्षा तथा संस्कृति सहायक मन्त्री मेरी रोयसले अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थी आफुहरुका लागि ठूलो सम्पत्ति रहेको उल्लेख गर्दै आफुहरुलाई सबै क्षेत्रका नेतृत्व आवश्यक परेकोले कडा भन्दा कडा चुनौती पनि सामना गर्न सक्ने मान्छे चाहिएको बताउनुभयो । त्यस्तो जनशक्तिले समस्याको समाधान पत्ता लगाएर सवैलाई सुरक्षित र समृद्ध बनाउन सकोस् भन्ने आफुहरुको चाहना रहेको उहाको भनाई छ ।

सन् २०१७ १८ को शैक्षिक वर्षमा अमेरिकाका कलेज र विश्वविद्यालयमा १० लाख भन्दा बढी विदेशी विद्यार्थीले अध्ययन गरेका छन् । त्यसैगरी नेपालमा अध्ययन गर्ने अमेरिकीहरुको संख्या पनि गत वर्षको तुलनामा ५७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू