अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

पृथ्वी राजमार्गको धादिङ्गमा यात्रुबाहक र पर्यटक बस एकापसमा ठोक्किदा, चालकको मृत्यु, ३१ जना घाइते

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:३५ मा प्रकाशित

पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा कम्तीमा १ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाण्डुतर्फ जाँदैै गरेको बा ७ ख ५२८१ नं को यात्रुबाहक बस र काठमाण्डुबाट पोखरातर्फ आउदै गरेको बा १ प ९७७ नं को पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चितवन जिल्ला पिप्ले निवासी ४० वर्षीय ईश्वर भण्डारी रहेका छन् । उनी ना ७ ख ५२८१ नं को बसका चालक रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर  अवरुद्ध राजमार्ग  प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर  सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू