अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

रामेछापमा स्थानीयबीच झडप ८ जना घाइते, ३ जनाको अवस्था गम्भिर

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:३१ मा प्रकाशित

रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित भटौलीमा स्थानीय दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको छ । उनीहरुवीच देउसीको क्रममा मदिरा पिएर झगडा भएको थियो ।
घटनामा स्थानियहरु खेमबहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी, सोममाया माझी र पूर्णबहादुर माझी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पूर्णबहादुर, सोममाया र अर्का एकको काठमाडौंस्थित नर्भीक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु ३ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

झडपमा संलग्न केही घटनापछि फरार छन् । बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तबहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई भने प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीका अनुसार अघिल्लो वर्षको झगडाको विषय यसपटक तिहारमा फेरि ब्यूँतिएपछि झडप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू