अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

न्यूयोर्कमा कार दुर्घटना,२० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:३२ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधा सम्पन्न लिमोजिन कारमा सवार यात्रु रहेको र वाँकी २ जना जना पैदलयात्री रहेको जनाईएको छ ।

अधिक गतिमा रहेको आशंका गरिएको लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो । कारमा सवार सबै १८ जना एउटा भोजमा हिँडेको समाचारमा वताईएको छ । शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । विश्वकै सुविधासम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना हो ।

प्रतिक्रिया