अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

संयुक्त सैन्य अभ्यासमा नेपालले सनिक नपठाएकोमा भारतको चासो

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:४१ मा प्रकाशित

भारतले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले आफ्नो सैनिक नपठाएको विषयमा चासो व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको भेटमा यस्तो चासो व्यक्त गर्नुभएको हो । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको भेटवार्तामा स्वराजले सो चासो व्यक्त गरेको भारतीय दूतावासका एक अधिकारीले जानकारी दिएका छन् । । उनका अनुसार प्रतिवद्धता जनाए अनुसार नेपालले आफ्नो सेना नपठाएर भारतलाई निकै चित्त दुखाएको भन्दै स्वराजले त्यसप्रति गुनासो समेत पोख्नुभएको थियो ।

गत भदौ १४ र १५ गते नेपालमा सम्पन्न विमस्टेक सम्मेलनले सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यास गर्ने सम्झदारी गरेको थियो । सो समझदारी अनुसार भारतको पुनेमा संयुक्त सैन्य अभ्यास गरिएपनि नेपालले सहभागिता जनाएको थिएन । स्रोतका अनुसार मन्त्री स्वराजले चासो राखेपछि मन्त्री ज्ञवालीले त्यो विषयलाई लिएर पार्टीभित्रै विवाद भएको प्रतिक्रिया दिनुभएको थियो ।

भेटवार्तामा यसअघि दुई देशको उच्चस्तरीय भ्रमणमा भएको सम्झौतालाई कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको जनाईएको छ । भेटघाटमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा अन्य अधिकारीका साथै भारतीय अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू