अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

निर्मला पन्तको वलत्कार र हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने गृहमन्त्रीको आश्वासन

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:३५ मा प्रकाशित

गृहमन्त्री राम बहादुर थापा वादलले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्टै कानुनी कठघरामा उभिने वताउनुभएको हो । उच्चस्तरीय छानविन समितिले घटनाको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाइसकेकाले अब दोषी पत्ता लगाउन सरकारलाई सहज हुने गृहमन्त्रीको भनाई थियो ।

समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने मन्त्री थापाले वताउनुभयो । मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिँदै उहाँले निर्मला पन्तको वलत्कार र हत्या प्रकरणमा दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गर्नुभयो ।

यसैगरी, बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको गृहमन्त्री थापाको वताउनुभयो । प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको मन्त्री थापाले स्पष्ट पार्नुभएको छ । देशका विखण्डनकारीहरुसंग सम्बन्धित संगठनसंग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले प्रष्ट पार्नुभयो ।

वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपुर्ण भुमिका खेलिरहेको भन्दै गृहमन्त्री ले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमी आएको जिकिर समेत गर्नुभएको छ । निर्वाध मदिरा विक्रि वितरणले बलात्कारका घटना बढेको तथा लागू औषध नियन्त्रण र निषेध नगरेसम्म महिला हिंसामा कमी नआउने मन्त्री थापाको भनाई छ । सामाजिक र वस्तुगत आधार नसच्याए सम्म महिला हिंसाका घटनामा कमि नआउने भन्दै उहाँले सामन्ती चिन्तन र पुँजीवादी चिन्तनले पनि महिलामाथि दुव्र्यवहार भईरहेको वताउनुभयो ।

गृहमन्त्री थापाले चाडपर्वको अवसरमा बढ्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा कालोबजारी रोक्नका लागि आवश्यक बन्दोबस्ती गर्नुको साथै खाद्यान्नको ढुवानी गर्ने लगायतको उचित व्यवस्था मिलाउन सम्बन्धीत निकायलाई निर्देशन दिईसकिएको पनि सो क्रममा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू