अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

गोली प्रहारबाट म्यारिल्याण्डमा एक नेपालीको मृत्यु

बिआरटीनेपाल २०७५ असोज ५ गते २३:०० मा प्रकाशित

सहकर्मीले चलाएको गोलीबाट म्यारिल्याण्डमा बिहीबार एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुने ती नेपाली महिलाको नाम बृन्दा गिरी भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनी ४ महिना अघि १६ वर्षीया छोरी र ११ वर्षे छोरासहित नेपालबाट अमेरिका आएकी हुन् । उनका श्रीमान् काशीराम गिरी भने ६ वर्षदेखि अमेरिकामा छन् । बृन्दा टोसनस्थित राइट एड फार्मेसीमा काम गर्थिन् ।

बाल्टिमोर सिटी स्कुलका शिक्षक र डिस्ट्रिक ८ का डिमक्रटिक उम्मेदवार ह्यारी भण्डारीका अनुसार बृन्दा परिश्रमी र कहिल्यै गुनासो नगर्ने स्वभावकी थिइन् । उनी सन्तानको उज्वल भविष्यका लागि अमेरिका आएकी थिइन् ।

गिरी परिवारले बृन्दाको हिन्दु परम्परा अनुसार अन्त्यष्ठीका लागि राइट एडको सहयोगको अपेक्षा गरेको छ । अन्त्यष्ठीमा करिब ६ हजार अमेरिकी डलर खर्च भएको छ ।

बृन्दा परिश्रमी महिला थिइन् । उनी सवारी चालक अनुमतिपत्रको परीक्षाको तयारी गरिरहेकी थिइन् भने अङ्ग्रेजी पनि सिकिरहेकी थिइन् । बृन्दालाई सहकर्मीले चलाएको गोली लागेको बताइएको छ । 

प्रतिक्रिया