अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

अमेरिकाको लङआइल्याण्डमा संविधान दिवस सम्पन्न

सोमनाथ हुँमागाई, लङ आइल्याण्ड २०७५ असोज ४ गते १०:१७ मा प्रकाशित

सेक्टेम्बर १९ तारिख २०१८ ( असोज ३ गते) का दिन न्यु योर्क राज्यको लङआइल्याण्डका स्थानीय समाजसेवी अर्जुन प्रसाद मैनालीको पहल तथा लङआइल्याण्ड नेपाली समाजको आयोजनामा लामो सङ्घर्ष पछि नेपालले संविधान प्राप्त गरेको दिन असोज ३ गतेलाई नेपालको संविधान दिवस (राष्ट्रिय दिवस) को रूपमा मनाउँदै, एकआपसमा खुसी साटेर शुभकामना आदान प्रदान गरेका थिए ।

लङआइल्याण्ड नेपाली समाजका महासचिव राजन गौलीको निवास हिक्सभिलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष टिकाराज ढकाल, एन आरएन न्यु-योर्क च्याप्टरका महासचिव महेश खड्का, नेपाली जनसम्पर्क समिति लङआइल्याण्ड च्याप्टरका सभापति विश्व राज वास्तोला, उपसभापति विनोद थापा, समाजका सचिव संखनारायन प्रजापति, सदस्य शोभा पोखरेल श्रेष्ठ, जनसम्पर्क समिति अमेरिकाका सक्रिय सदस्य सुरेन सापकोटा लगायत स्थानीय बासी रविन संग्रौला, केदार कट्टेल, आसिका दाहाल, तारा मैनाली, सबु सापकोटा,लक्ष्मी बांस्तोला, लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया