अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

जघन्य अपराधमा संलग्नलाई कडा कारवाहीको माग गर्दै नयाँ शक्तिद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:२३ मा प्रकाशित

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥याली सहितको विरोध प्रर्दशन गरेको हो ।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिनुभयो ।प्रदर्शनमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू