अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

हामीलाई न्याय चाहियो– पन्त परिवार

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:५२ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारबाही पन्त परिवारले माग गरेको छ । आज राजधानीमा आयोजित साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता लगाएर कडा कारबाही गर्न माग गर्नुभएको छ ।

निर्मलाका बुवा यज्ञराज पन्तले हत्यारा पत्ता लगाउन प्रहरीले आवश्यक सहयोग नगरेको गुनासो गर्नुभएको छ । प्रहरी मेरो साथी भनेर नारा लगाईने गरेको उल्लेख गर्दै उहाँले तर दुःख पर्दा प्रहरीबाट असहयोग भएको गुनासो गर्नुभयो । छोरी हराएपछि तत्काल प्रहरीलाई खबर गर्दा प्रहरीले घटनाकाबारेमा अनुसन्धान गर्न आलटाल गरेको उहाको आरोप थियो ।

 

साक्षात्कारमा वोल्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले हत्या भएको ५० औं दिन पुग्दा पनि दोषी पत्ता नलागेपछि न्यायको खोजीमा काठमाडौं आएको वताउनुभयो । आफुहरुलाई जसरी पनि न्याय चाहिएको वताउदै उहाँले कन्चनपुरमा न्याय नपाएर काठमाण्डौं आएको वाध्यता सुनाउनुभयो ।

 

मानवअधिकारकर्मी शारदा चन्दले घटनाको छानबिनका लागि बनाइएको समितिमा सरकारी मान्छेमात्र राखेर घटनाको प्रमाण नष्ट गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारलाई समेत ज्यानको खतरा रहेको भन्दै सुरक्षाको माग गर्नुभएको छ । अर्का अधिकारकर्मी मीना भण्डारीले सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा मानवअधिकारकर्मी माया नेगी र अधिवक्ता पुष्पराज पौडेल लगायतकाले सरकारले घटनाको अनुसन्धान गर्न तीन÷तीनओटा समिति बनाउँदा पनि अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु दुःखद् भएको वताउनुभयो । निर्मला गत साउन १० गते हराएको र ११ गते मृत भेटिएपछि घटनाबाहिर आएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू