अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

निर्मला हत्या प्रकरणः छानबिन समितिका सदस्य केसीद्वारा राजीनामा

बिआरटीनेपाल २०७५ भदौ २५ गते ९:३१ मा प्रकाशित

कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले राजीनामा दिनुभएको छ । प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव समेत रहनुभएका केसीले सोमवार काठमाण्डौंमा पत्रकार सम्मेलन गरी समितिको सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । केसीले निर्मला हत्याको छानबिनका लागि समितिको म्याद थप गरिएकोप्रति असन्तुष्टिसमेत जनाउनुभएको छ ।

केसीले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन समितिको छानबिनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पस्ट पार्नुभएको छ । निर्मला पन्तको बर्बरतापूृक जघन्य अपराधको विरुद्धमा उभिइ निर्मलाको आत्मालाई र निजको परिवारलाईसमितिको सदस्यबाट न्याय दिन आफ्नो तर्फबाट असम्भव देखेर पदवाट राजिनामा दिएको केसीको भनाई थियो ।

केसीले घटनाको छानबिनको क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट जुनसुकै समयमा पनि हत्या गर्नसक्ने प्रवल सम्भावना रहेकाले जीवनरक्षाका लागि सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू