अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

लुटपाटको प्रयास गर्ने तथा चोरीमा संलग्न १० जना प्रहरी फन्दामा

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:१५ मा प्रकाशित

कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ रिठ्ठेपानीस्थित घरमा चोरी गर्ने ३ जनालाई प्रक्राउ गरेको छ । रड, पेचकस, डोरी, टर्च लाइट, धारिलो हतियार तथा घर फोर्ने र चोरी गर्न प्रयोग गर्ने सामान सहित मुख्य योजनाकार सोही स्थान बस्ने ५१ बर्षीय प्रीतिमान गुरुङ, म्याग्दी घर भई सोही स्थान बस्ने ४५ बर्षीय ज्ञानबहादुर अर्मजा र ३१ बर्षीय दिनेश बढुबाल लाई पक्राउ गरिएको हो ।

उनीहरले स्थानीय एक व्यक्तिको घरमा पसी धारिलो हतियार देखाई धम्क्याउँदै नगद र गर गहना मागेका थिए । परिवारले प्रतिकार गरेपछि घाइते अवस्थामा चोरी गरेका सामान समेत छाडेर भागेको र पछि प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जना नै यसअघि चोरी लगायतका विभिन्न मुद्दामा कैद भुक्तान गरेका व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पोखरा ६ स्थित शिवराम बरालको घरबाट १४ तोला सुनका गरगहना, ३ थान घडी, १ थान ट्याव चोरी भएकोमा करिव ३ महिनाको अनुसन्धान पश्चात पोखरा २ बाग्लुङ बसपार्क बस्ने बर्ष १९ को बिकेस केसी, १८ को जिरे भन्ने लक्ष्मण नेपालीलाई पक्राउ गरिएको हो । त्यस्तै चोरीका सामान खरिद गर्ने तारानाथ परियार र मञ्जुकेसीलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरुबाट सुनका गरगहना, चाँदीका सामान, घडी, ट्याव ३ थान, मोवाइल ४ थान तथा नगद ४५ हजार समेत बरामद गरिएको छ । त्यस्तै मोवाइल र नगद चोरी गरेको आरोपमा पोखरा ७ मासबार बस्ने बर्ष २५ को प्रतीक पहारी र सोही स्थान बस्ने २६ बर्षीय गणेश परियारले पक्राउ गरिएको छ ।

त्यस्तै चोरी गर्ने योजना बनाएको आरोपमा पोखरा १४ काजिपोखरी बस्ने वर्ष २१ को सन्देस गुरुङ, म्याग्दी जलजला गा.पा. ६ बस्ने वर्ष २० की सुनिता पुन मगर र सोही स्थान घर भई पोखरा ९ नयाँबजार बस्ने बर्ष १९ की सुचित्रा थकाली लाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । निज व्यक्तिहरुले मुक्तिनाथ बैंकमा चोरीका लागि विभिन्न समयमा चोरी गर्ने योजनाका लागि रेक्की गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू