अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

नेकपा अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीवीच भेटवार्ता

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३५ मा प्रकाशित

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैवीच, प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । आज अपरान्ह भएको भेटमा नेपाल र भारतवीचको सम्वन्ध, सहयोग र सम्झौता कार्यान्वयनको विषयमा छलफल भएको जनाईएको छ ।

दुवैसँगको भेटमा नेपालको आथिक समृद्धिको यात्रामा भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता आएको प्रचण्डका नीजि सचिवालयले जनाएको छ । केही समय यता दुई देशको उच्च स्तरीय भ्रमणले सम्बन्ध अझ बलियो भएको भन्दै भारतका प्रधानमन्त्री मोदीले नेपालको समृद्धिको यात्रामा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता जनाएको बताइएको छ । अध्यक्ष प्रचण्ड भोलि स्वदेश फर्कदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू