अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

अधिकार र अस्तित्वका लागि आन्दोलन अपरिहार्य – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:२२ मा प्रकाशित

गृहमन्त्री राम वहादुर थापा वादलले अधिकार र अस्तित्वका लागि आन्दोलन अपरिहार्य हुने वताउनुभएको छ । युवाको अधिकार र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अधिकार प्राप्तिका लागि दासहरुले आन्दोलन गरेको स्मरण गर्नुभयो । आफ्नो प्रगति, अस्तित्व र समृद्धिका लागि मानवहरुले संघर्ष गर्दै आएको उहाको भनाई थियो । संघर्ष मार्फत् मानिसले आफ्नो अधिकार सुनिश्चित गरेको मन्त्री थापाले उल्लेख गर्नुभयो ।

मन्त्री थापाले जातीय, लिङ्गिय अधिकार बाँचन पाउने अधिकार सबै मानवअधिकारका बिषय भएको वताउनुभएको छ । मानिसले आफ्नो पहिचान, गास बास र कपासका लागि तथा विभेदका विरुद्ध संघर्ष गर्दै उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालमा पनि विभिन्न विभेद विरुद्धको आन्दोलनहरु सफल भएपछि मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको वताउनुभयो । पछिल्लो समयमा नारी मुक्ति आन्दोलन मार्फत् महिलाहरुमा जागरण आएको मन्त्री थापाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू