अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

चितवनमा ठुलो परिणामको सुन, चाँदी र नगद १२ लाख रुपैयाँ बरामद

प्रकाश सिग्देल, चितवन २०७५ भदौ २० गते ६:५५ मा प्रकाशित

चितवनमा ठुलो परिणामको सुन र चादि बरामद भएको छ । चितवनको नारायणगढबाट २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदीसहित एक जना पक्राउ परेका हुन् । नारायणगढको न्यु गणेश सुनचाँदी पसलमा लुकाई राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरी निरीक्षक रोशन थापाको विशेष टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको विशेष टोलीले मङ्गलवार सुनचाँदीसहित नगद बरामद गरेको हो बरामद गरिएका सुनचाँदी र नगद (बुधवार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरी बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घको रिफारिसमा नेपाल राष्ट्र बैक मार्फत मात्रै सुन ल्याउन पाइने र त्यो भन्दा अरू बाटोबाट भित्रने सबै सुन अबैद्ध हुने बताउँदै थापाले नेपालमा रसुवा नाकाबाट धेरै सुन आयात हुने गरेको आफूहरूले सूचना पाएको र त्यहाँबाट आएको सुन धेरै चितवनमा बिक्री हुने गरेको सूचनाका आधारमा खोज्दै जाँदा व्यवसायी राजेन्द्र शिवजी पाटिल पक्राउ गरेको बताउनु भयो । उनी यस अघि पनि यस्तो काममा सरिक भएको देखिएको उहाँको भनाई छ ।

प्रारम्भिक अनुसन्धानबाट सो सुन र चाँदी तिब्बतसँग नाका जोडिएको रसुवाबाट अवैध रूपमा भित्र्याईएको खुलेको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिनु भयो । पक्राउ परेका पाटिलले केही परिमाणमा काँचो सुन विक्री गरी सकेको र सो बिक्रीबाट प्राप्त नगद १२ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले बताउनु भयो । उसले सुन र चाँदीको रिफाईन प्रमाणपत्र लिएर सुनको तस्करी गर्ने गरेको भन्ने विशेष सुराकीका आधारमा बामद गरिएको उहाँ बताउनु हुन्छ ।

बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड बराबर रहेको छ । विगत १० वर्षदेखि नारायणगढमा सुन विक्री वितरण गर्ने रिफाईनिङ गर्ने काम गर्दै आएका पाटिललाई भदौ १८ गते एक भारतीय नागरिकले सो सुन ल्याई दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात् बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका पाटिललाई भन्सार ऐन २०७४ अनुसार विस्तृत अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो । सबै पक्षबाट आएका सूचनालाई आधार मानेर प्रदेशको टोली र जिल्लाको टोली सो सुन बरामद गर्न सफल भएको उहाँ बताउनु हुन्छ ।

चितवनमा माग अनुसार सुनचाँदी आपूर्ति नहुँदा पटक–पटक अवैध रूपमा सुन भित्रिने गरेको छ । केही दिन अघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरूले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुई दिन पसल ठप्प पारेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू