अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिक बाहेक सवै सेवा रोक्ने निर्णय

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:२८ मा प्रकाशित

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

साथै भदौ १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले जनाएको छ । भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू