अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, रक्सौल–काठमाडौं रेलमार्ग सर्वेक्षण सहमति

बिआरटीनेपाल २०७५ भदौ १५ गते ९:२७ मा प्रकाशित

नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो । दुई देशबीच भएको सहमतिमा भारतको कोलकता–हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भन्सार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाडौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको जनाइएको छ ।

राजधानीको एक होटेलमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका समयमा दुई देशबीच यससम्बन्धी सहमति भएको थियो । यही भ्रमणका क्रममा मोदीले भारतीय सहयोगमा पशुपति मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशालासमेत हस्तान्तरण गर्नुभएको छ । यसअघि बल्क कार्गोसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने बताइएपनि तयारी पूरा नभएका कारण उक्त सम्झौता भने हुन नसकेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू