अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:१० मा प्रकाशित

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । आज विहान सादा पोसाकका खटिएको प्रहरीले उहाँलाई आफ्नै घरबाटै पक्राउ गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघी पनि प्रहरीले पक्राउ गर्दै आएको थियो ।

यस अघिपनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले पक्राउ गरी नेपाललाई तीन दिनसम्म थुनामा राखेको थियो । अहिले पनि शुक्रबार मध्येरातीसम्म थुनामा राख्ने प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू