अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

निर्मला हत्याकाण्ड– शहीद खुनाको दाहसंस्कार, प्रहरीद्धारा शोक सलामी

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:४८ मा प्रकाशित

शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवघाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढानुभएको थियो । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उहाँको परिवारलाई १० लाख रुपैया आर्थिक सहायता दिने घोषणा गरेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो । दाहसंस्कार कार्यक्रममा वोल्दै नगर प्रमुख विष्टले थप सहयोगका लागि पहल गर्ने वताउनुभएको छ । उहाँले खुना परिवारलाई ३ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू