अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

गन्तव्यमा पुग्न योजनावद्ध विकाश आवश्यक– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने वताउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा वताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनुपर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नपर्ने आवश्यकता औल्याउनुभयो ।

विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरूरी रहेको वताउनुभयो । सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । विश्व विद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने उहाँको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू