अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:३८ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । शनिबार राजधानीको प्रदर्शनी मार्गबाट शंकरदेव क्याम्पस सम्म प्रदर्शन गरी नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भउएको कार्यक्रममा सहभागीहरुले बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारालाई पहिचान गरी कानूनअनुसार कडा कारबाही गर्न सरकारलाई आग्रह गरेका थिए । सरकारले निर्मलाको हत्यामा संलग्नलाई छिटो कारबाही नगरे नेविसंघले देशभर आन्दोलन गर्ने चेतावनी दिएको केन्द्रीय सदस्य सुशील भट्टले वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू