अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पूरा

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:३५ मा प्रकाशित

चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुने, काठमाडौ घोषणापत्र कस्तो जारी गर्ने कुन— कुन विषयमा छलफल गर्ने लगायतका विषयलाई अन्तिम रुप दिइएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलले जानकारी दिनुभयो ।

आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सम्मेलनमा उपस्थित हुन निमन्त्रणा, स्वागत र बसोबास स्थल, समिट स्थल र भेटघाटको समय पनि टुङ्गो लागेको वताउनुभयो । सम्मेलनमा सातवटै देशका कार्यकारी प्रमुखको उपस्थिती रहनेछ । सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानबाट योङको छेङ वाङछो (चिफ जस्टिक), भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्राध्यक्ष विन मायन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला श्रीसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ–चा र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहनेछ ।

सम्मेलनको भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ आमन्त्रित पाहुनालाई रात्रीभोज दिने कार्यक्रम तय भएको छ । रात्रीभोज होटल हायातमा हुनेछ । १५ गते विहान गोकर्ण रिसोर्टमा रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ । सो कार्य सँगै सम्मेलन सम्पन्न हुनेछ ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन २००४ मा भएको थियो । दोस्रो सन २००८ मा भारतमा भएको थियो भने तेस्रो सन २०१४ मा म्यानमारमा भएको थियो । चौथो सम्मेलन नेपालमा हुँदैछ । चौथो सम्मेलनमा कनेक्टिभीटीलाई प्राथमिकता दिइने बताइएको छ । साथसाथै, गरीबी निवारण, अन्तर क्षेत्रिय व्यापार, लगानी, जलवायु, सुरक्षा लगायत विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू