अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

विप्लव नेकपाका प्रवक्ता प्रकाण्ड तेस्रोपटक पक्राउ

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:३३ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ पर्नुभएको छ । प्रहरीले उहाँलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।

प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डलाई पुनः तेस्रोपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिनुभयो ।

प्रवक्ता थापाका अनुसार पक्राउ गरेर प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय, भोजपुर पठाईएको छ । भोजपुरमा विश्वकर्माकोे नाममा ज्यान मार्ने उद्योग र बम बिस्फोट गराएको मुद्दा दर्ता भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू