अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

निर्मला हत्या प्रकरण –महेन्द्रनगरमा प्रदर्शन, स्थिति तनावग्रस्त

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:२८ मा प्रकाशित

निर्मला पन्तको हत्याका विषयलाई लिएर कञ्चनपुरको महेन्द्रनगर बुधबार तनावग्रस्त वनेको छ । प्रहरी वास्तविक अपराधीलाई बचाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीय र सर्वसाधारणले बुधबार विहानैदेखि जिल्ला प्रशासन र प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको जनाईएको छ । दिउँसो केहीबेर साम्य भएको जुलुससहितको भीड निर्मला किताब लिन भनी गएको घरमा पुगेपछि स्थिति तनावग्रस्त भएको थियो । स्थानीयको भीडले ढुंगामुढा गर्दै उक्त घरका झ्यालका सीसाहरु फुटाउन थालेपछि पुनः प्रहरीले दर्जनौ शेल अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त घरमा बस्दै आएका दिदीबहिनीको घटनामा प्रत्यक्ष संलग्नता रहेको स्थानीयहरुले आरोप लगाइरहेका छन् । प्रहरीले सुरक्षाका लागि भन्दै दिदीबहिनी बबिता र रोशनी बमलाई नियन्त्रणमा लिएको छ । १३ वर्षकी बालिका निर्मला हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । गत साउन १० गते घरबाट साथीको घरमा पढ्न भनी गएकी १३ वर्षीया निर्मला अर्को दिन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू