अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

जनताको सरकार हो भन्ने विश्वास दिलाउन जरुरी छ – प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार हो भन्ने विश्वास दिलाउन जनमुखी काम गर्नु पर्ने वताउनुभएको छ । शुक्रबार काठमाण्डौंमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा वताउनुभएको हो । जनतालाई सरकार आफ्नै भएको र जनताकै निम्ति समर्पीत रहेको विश्वास दिलाउने एतिहासिक दायित्व आफुहरुको काँधमा आउको प्रचण्डको भनाई थियो ।

सरकार जनताका गुनासा र आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनआवाजलाई गम्भीरतापूर्वक सम्वोधन गर्ने तयारीमा सरकार रहेको स्पष्ट पार्नुभयो । प्रचण्डले राजनीतिक परिवर्तन विशेष गरी राजतन्त्र फालेर गणतन्त्र ल्याउन सबैभन्दा ठूलो संघर्ष, त्याग र तपश्या गर्ने व्यक्तिहरुलाई पहिलो राष्ट्रपति र उपराष्ट्रपति बनाउन नसकेकाले जनताले परितर्वन अनभुत गर्न नपाएको वताउनुभयो ।

कार्यक्रममा संस्कृतिविद् एवं युग पुरुष सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, नेत्री शान्त श्रेष्ठ, गायक जीवन शर्मा, जेबी टुहुरे, कलाकार नवल खड्का, संगीतकार बिबि अनुरागी लगायतका आफ्नो क्षेत्रमा राष्ट्रका लागि योगदान पु¥याउने व्यक्तित्वहरुलाई अध्यक्ष प्रचण्डले सम्मानपत्र प्रदान गर्नुभउको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू