अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरी मनाईयो

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:२३ मा प्रकाशित

आज नागपञ्चमी पर्व । घरका मूल ढोका तथा नागस्थानमा नागको तस्वीर टाँसी पूजाअर्चना गरी मनाईएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै मेघ, चटयाङ लगायतका प्राकृतिक भय पनि टार्न सकिने धार्मिक विश्वास रही आएको छ ।

नाग पञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा भेला भएका भक्तजनले पोखरीको बीचमा रहेको नागको पूजा गरेका छन् । त्यसैगरी काठमाडौंको टौदह, भक्तपुरको सिद्ध पोखरीलगायत देशभरका नागदह, कुण्डलगायतका नागस्थानहरुमा विशेष पूजा गरी नागको सम्मानका साथ दुध, अक्षता, दुबो, रोटी चढाईएको छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको जानकारहरु वताउछन् । नाग रिसाए पानीको अभाव हुने भएकाले पनि नागलाई खुसी पार्न नागपूजा गर्ने प्रचलन बसेको पनि वैदिक धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने चलन पनि रही आएको छ । भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको छाता ओडी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा पनि मान्ने प्रचलन रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू