अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

नेकपा सचिवालय बैठक– सांगठनिक एकीकरणबारे बिहिबार टुंगो लगाइने

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:२३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक सांगठनिक एकीकरणको कामलाई बिहिबार टुंगो लगाउने भएको छ । बुधबार प्रधानमन्त्रीको संरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सांगठनिक एकीकरण सम्बन्धी विषयलाई विहिबार टुंगो लगाउने गरि सहमति जुटाएको हो ।

पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएकाले नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको छ । यसअघि नै नेकपाले भदौ ५ गते भित्र संगठनको एकीकरणको काम सम्मन्न गर्ने गरि आन्तरिक सर्कुलर समेत जारी गरेको थियो ।

त्यसैगरी मुलुकको समग्र राजनीतिक विषयबारे खुल्ला ढंगले छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाउने विषयमा पनि भोलिको बैठकले आवश्यक निर्णय गर्ने बताईएको छ । बुधबारको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक विहिबार अपरान्ह २ बजे बस्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू