अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

४ वर्षदेखि सम्पर्कविहीन गोर्खा फुजेलका नुरप्रसाद पक्राउ

बिआरटीनेपाल २०७५ साउन २० गते ८:५७ मा प्रकाशित

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई कारवाहीको माग गर्दै उजुरी गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार महानगरीय अपराध महाशाखाको टोलीले नुरप्रसादलाई सानेपास्थित डेराबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालत चितवनमा आइतबारै कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धि मुद्दाको सुनुवाई भइरहँदा काठमाडौं प्रहरीले नुरप्रसादलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार आइतबार अपरान्ह नुरप्रसादलाई नियन्त्रणमा लिइएको हो । नुरप्रसादलाई पक्राउ गरिएको नभई खोजबिन गरी नियन्त्रणमा लिइएको सिंहले जानकारी दिनुभयो । यसअघि, असार २९ गते गंगामाया अधिकारीले अनसन तोड्ने क्रममा आफ्नो जेठा छोरा नुरप्रसाद अधिकारीको खोजी गरिदिनसमेत आग्रह गर्नुभएको थियो । गंगामायाको आग्रह अनुसार नुरप्रसादलाई खोजी गरिएको हो । नुरप्रसादलाई छिट्टै नै गंगामायाको जिम्मा लगाउने तयारी भएको महाशाखाका एसएसपी सिंहले वताउनुभयो ।

२०६१ साल जेठ २४ गते चितवनमा मारिएका आफ्ना भाइको हत्या आरोपीलाई हदैसम्मको कारवाहीको माग गर्दै नुरप्रसादले २०७१ सालदेखि आन्दोलन गर्दै आउनुभउको थियो । जिल्ला अदालत चितवनमा किटानी जाहेरी दिने उजरीकर्तामध्ये नुरप्रसाद प्रमुख व्यक्ति हुनुहुन्थ्यो । तर २०७२ सालदेखि नरप्रसाद अनसनरत आमा र मानव अधिकारवादीसँग पनि सम्पर्कविहीन वन्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू