अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:४८ मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) कर्मचारी युनियनले प्रतिष्ठानका विभिन्न तीन शाखामा तालाबन्दी गरेको छ । युनियनले आफ्ना माग पूरा नगरी नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गरेको भन्दै अस्पतालको प्रशासन शाखा, उपकुलपतिको कार्यालय र प्रतिष्ठान निर्देशकको कार्यालयमा तालाबन्दी गरेको हो ।

ताल्चा लगाउने क्रममा प्रहरीले केहिबेर रोक्ने प्रयास गरेपनि कर्मचारीहरुले प्रहरीको रोक्ने प्रयास विफल पार्दै ताला लगाएका थिए । युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठको नेतृत्वमा गएको एक समूहले तीनवटै कार्यालयमा ताल्चा लगाउँदै अनिश्चितकालका लागि बन्द गरेको विज्ञप्ति टाँसेको छ ।

‘युनियनको तर्फबाट पटक–पटक दिइएको ज्ञापनपत्रको विषयमा कुनैपनि सुनुवाई नभएको उल्लेख गर्दै साउन १८ गतेदेखि उपकुलपति कार्यालय, निर्देशक कार्यालय र प्रतिष्ठानको प्रशासन शाखा अनिश्चितकालीन बन्द गरिएको कर्मचारी युनियनले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालाबन्दी गरेपछि युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले आफूहरुको माग बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनुपरेको वताउनुभयो । युनियका उपाध्यक्ष पशुपति महतका अनुसार समितिमार्फत नियुक्त भएका २९९ जना कर्मचारी छन् । उनीहरु विगत १० वर्षदेखिकाम गर्दै आएपनि स्थायी भएका छैनन् । युनियनले उनीहरु सबैलाई स्थायी बनाउनुपर्ने माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू