अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

गण्डकी प्रदेश बैठकमा दुई वटा विधेयक पारित, समसामयिक विषयमा छलफल

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:२८ मा प्रकाशित

गण्डकी प्रदेशको सोमबार बसेको बैठकले दुई वटा विद्येयक पारित गरेको छ । सोमबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रस्तुत गरेको केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विद्येयक र मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सर्वसम्मतीले पारित गरेको हो ।

सोमबारको प्रदेश बैठकमा समसामयिक विषयमा समेत छलफल भएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले जनताको सुरक्षा गर्न बसेका सुरक्षाकर्मीबाटै महिला तथा बालिका बलत्कारका घटना भएको भन्दै आपत्ति जनाएका छन । उनीहरुले रक्षक नै भक्षक भएको भन्दै कडा भन्दा कडा कारवाहीको माग गरेका थिए । त्यसै गरि सेती नदीमा हाम फालेर आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा प्रदेश सांसदहरुले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । उक्त विषयलाई संवेदनशील रुपमा हेरि त्यस्ता कदमलाई रोक्न प्रदेश सरकारले पहल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

सांसदहरुले बजारमा अत्यधिक मुल्य वृद्धि, ट्याक्सी चालकले मनपरि भाडा असुल्ने, समाजमा रहेको विभेद अन्त्यका लागि सरकार चनाखो हुनुपर्ने र नयाँ नीति कार्यान्वयन गराउनुपर्ने, खानेपानीमा भएको अशुद्धता, फेवातालमा दिनहुँ बढ्दो अतिक्रमण, बाढी पहिरोबाट क्षति पुगेको ठाउँमा तत्काल राहत उपलब्ध गराउन, बढ्दो बेरोजगारी समस्या लगायतका विषयमा समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।
सोमबारको बैठकमा मेथलाल श्रेष्ठ, राजीव पहारी, सरिता गुरुङ, मिना गुरुङ, भागवतप्रकाश मल्ल, पियारी थापा, हरिशरण आचार्य, मनकुमारी गुरुङ, मिनप्रसाद गुरुङ, ललितकला गुरुङ, चन्द्रबहादुर बुढामगर, पुष्पा केसी भण्डारी, दोबाटे विश्वकर्मा र मधु अधिकारी गुरुङ लगायतले वोल्नुभएको थियो । बैठकमा उठेका विषयहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण वस्नेतले जवाफ दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू