अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

पूर्व–पश्चिम राजमार्गको नयाँ रातु पुल तयार

बिआरटीनेपाल २०७५ साउन १२ गते ९:४१ मा प्रकाशित

पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनापूर्व नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।

विसं २०७३ असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेबी काठमाडौँले २०७६ पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाई र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् ।

‘पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो’ निर्माण कम्पनी रसुवा कन्सक्ट्कसन कंम्पनीका अघ्यक्ष ईन्जिनियर राजेन्द्र राज आचार्यले   सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले रातदिन मिहिनेत गर्यौँ, पुल निर्माणको कार्य सकिएको छ, अब रेलिङ्ग फिटिङ्ग, दुवै छेउमा स्ल्याब राखेर छेउछेउमा माटो पुर्ने काम गर्दैछौँ, यसै महिनाको अन्त्यसम्म पुल प्रयोगमा आइसक्छ ।”

पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा (पाया) भासिएपछि आवतजावतमा कठिनाई भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । प्रक्रिया अघि बढेसँगै २०७३ असार २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । यो पुल रु २४ करोड ६० लाख बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो ।

आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू