अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ –प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन ९ गते ८:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ, त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो ।

अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ, सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिश गर्ने उहाँले स्पष्ट गर्नुुभयो । नेपाललाई लामो समय गरिब बनाएर खाना लाउनबाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू