अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

कांग्रेससँग सरकार झुक्दैन – सामान्य प्रशासन मन्त्री पण्डित

बिआरटीनेपाल २०७५ साउन ५ गते ९:१४ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिनुभएको छ । शनिवार काठमाण्डौंमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा फिर्ता हुने सम्भावना नरहेको वताउनुभयो । सरकारको तर्फबाट आफूहरुले डाक्टर केसीका मागहरु पूरा गर्न कुनै कसर बाँकी नराखेको उहाँको भनाई थियो । सरकारको नीति नै निजी, सहकारी र सरकारीलाई साथसाथमै लिएर समृद्धि हाँसिल गर्ने भएकोले आफूहरु कुनैपनि क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको मन्त्री पण्डितले वताउनुभयो ।

वर्तमान सरकार जनताको भावना र चाहना विपरित नरहेको सुनाउँदै उहाँले नकारात्मक कुरामात्रै बोक्ने र च्याँखे थापेर सरकारलाई अप्ठ्यारो पार्ने काम नगर्न प्रतिपक्षी दलहरुलाई सुझाउनुभयो । यद्धपी मन्त्री पण्डितले अहिले नै जनतासामू गरेका वाचा अनुसार सबै काम पूरा भैसक्यो र जनताका चाहना सबै पूरा भैसक्यो भन्ने ठाउँमा आफूहरु नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू