अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

तरुणदलको प्रदर्शनमा प्रहरी हस्तक्षेप, ८ राउण्ड अश्रु ग्याँस प्रहार

बिआरटीनेपाल २०७५ साउन ५ गते ९:०५ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले झडपलाई नियन्त्रण गर्नको लागि ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेको छन । उनीहरुले प्रदेश नम्बर ३ का सामाजिक मन्त्री युवराज दुलाल चढ्ने बा १ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक मन्त्री किशोर शाह चढ्ने बा १ झ ७२३४ गाडी र प्रदेश नम्बर ४ की सामाजिक मन्त्री नरदेवी पुन मगर चढ्ने ग १ झ २७६ गाडी तोडफोड गरेका हुन ।

झडपमा डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका छन् । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य प्रदर्शनकारी पनि घाइते भएको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू