अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

जुम्लामा अस्पतालभित्र लाठीचार्ज, प्रहरीसहित दुई दर्जन घाइते

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:१५ मा प्रकाशित

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार प्रहरीले लाठी चार्ज गर्दा १ प्रहरीसहित दुई दर्जन घाइते भएका छन । २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई राजधानी लैजान भन्दै गएको प्रहरीले उहाँका समर्थकमाथि लाठी चार्ज गरेको हो । लाठीचार्जबाट बिरामीका कुरूवा पनि घाइते भएका छन् ।

डाक्टर केसीलाई लिन गएको सरकारी टोलीलाई रोक्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरू चेन गेट लगाएर भ¥याङ्गभरी वसेका थिए । अनसन बसिरहेका केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट फर्किएसँगै प्रहरी लाठी चार्ज गरेर अस्पताल परिसरभित्र प्रवेश गरेको थियो ।

अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेर भित्र प्रवेश गरेपछि डाक्टर केसीलाई उठाउन नदिन विद्यार्थीहरू चेन गेटमा साँचो लगाएर बसेका थिए । प्रहरीको लाठी चार्जबाट अस्पतालका उपकरणहरूमा पनि क्षति भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू