अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

डा. गोविन्द केसीलाई काठमाडौं लगियो, जुम्ला झडपबारे बोल्यो गृह मन्त्रालय

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:०७ मा प्रकाशित

जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं लगेको छ । बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञिप्ति जारी गरी अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सिफारिसका आधारमा उहाँलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । केसीलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । डा. केसीलाई अपरान्ह ३ बजेर ४० मिनेट जाँदा सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जनाए पनि काठमाडौं भने साँझ ७ बजे ल्याई पु¥याईएको थियो ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो । सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध जनाउँदा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए । मन्त्रालयले डा.केसीलाई लिन गएको टोलीलाई अस्पताल परिसरमा पस्न नदिएपछि झडप भएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू