अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

मुलुकको विकाश र सम्वृद्धिका लागि सरकार प्रतिवद्ध – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन ३ गते ८:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकाश र सम्वृद्धिको लागि सरकार प्रतिवद्ध रहेको वताउनुभएको छ । विहीवार गण्डकी प्रदेशसभाको वैठकलाई सम्वोधन गर्दै वहाँले लोकतन्त्रको रक्षा गर्दै आम नेपाली जनताको चाहना विकास र समृद्धि भएकोले सरकार त्यसका लागि प्रतिवद्ध रहेको वताउनुभयो । देशका सातवटै प्रदेश सभालाई सम्वोधन गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीले गण्डकी प्रदेशसभालाई पनि सम्वोधन गर्नुभएको हो । आफ्नो सम्वोधनको अधिकांश गण्डकी प्रदेशलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

आफ्नो सम्बोधनको अधिकांश समय विकास र समृद्धिको चर्चामा खर्चिनुभएका प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भष्ट्रचारको अन्त्य हुनु आवश्यक रहेको वताउनुभयो । सानातिना विषयमा अल्झेर नबसी विकास र सम्बृद्धिको बाटोमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रदेश सभा र प्रदेश सरकार मुलुकको लागि नयाँ अभ्यारहेको उल्लेख गर्दै सरकारले संविधान कार्यान्वयनलाई सही वाटोमा अघि वढाएको दावी गर्नुभएको छ । प्राप्त उपलव्धीलाई रक्षा गरेर विकासको गतिमा अघि वढ्नुपर्ने उहाको भनाई थियो । सरकारले विकासको लागि सुशासनमा जोड दिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आफुले दुई वर्ष अघि रेलको कुरा गर्दा मजाक वनार्ईएको भन्दै रेल चलाई छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।

रक्सौल काठमाण्डौ रेल सम्भाव्यता अध्ययन सूरु भईसकेको र छिमेकी मुलुक चीनले समेत आउदो अगष्टवाट सम्भाव्यता अध्ययन सुरु गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभयो । गण्डकी प्रदेश शिक्षा, स्वास्थ र पर्यटनको हवको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रदेश विकासका संघीय सरकारको तर्फवाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभएको छ । ऐतिहासिक, पौराणीक र धार्मिक रुपमा पनि प्रदेशमा विकासका अथाह सम्भावना रहेको उल्लेख गर्दै उहाँले जनचाहना वमोजिम विकाशको काममा अगाडि वढ्ने दोहो¥याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू