अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

डा.केसीलाई ल्याउने सरकारको पहिलो प्रयास विफल

दैनिक नेपाल २०७५ साउन ३ गते ६:३२ मा प्रकाशित

काठमाडौँ, जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई काठमाडौँ ल्याउने सरकारको पहिलो चरणको प्रयास विफल भएको छ ।

काठमाडौँमा जुम्ला पुगेको नेपाली सेनाको हेलिकप्टर डा.केसीलाई लिन पुगेको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधवार राति बसेको आकस्मिक बैठकले डा.केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने निर्णय गरेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले काठमाडौँ ल्याउने प्रयास गरेको थियो ।

तर, डा.केसीले आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नजाने भनेर अडान लिएका छन् । डा.केसीले काठमाडौँ आउन नमानेपछि शुभेच्छुक र समर्थकहरूले सरकारविरुद्ध नारावाजी गरेको प्रदर्शनमा सहभागी जुम्लाबाट गणेश बेल्वासेले जानकारी दिए । डा.केसीको समर्थनमा जुम्ला तनावपूर्ण बनेको छ

डा.केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौँ लैजान खोजेको आरोप लगाएका छन् । 

सम्बन्धित सामग्रीहरू