अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

दरबारमार्गको क्लब भिक्ट्री आगलागी, जलेर ध्वस्त

दैनिक नेपाल २०७६ असोज २६ गते ११:४९ मा प्रकाशित

काठमाडौँ, २६ असोज । काठमाडौँको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा भीषण आगलागी भएको छ । आइतबार राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको छ । क्लबमा विद्युत् सर्ट भएर आगो लागेको काठमाडौँ प्रहरी परिसर, टेकुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौँ, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रूपमा जलेको छ । आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । घाइते फायर फाइटरलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

दैनिक नेपालबाट

सम्बन्धित सामग्रीहरू