अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

सांसद पाललाई धम्काउने ७५ जना नियन्त्रणमा, सादा पोसाकमा खटियो प्रहरी

दैनिक नेपाल २०७५ साउन १७ गते १८:४० मा प्रकाशित

काठमाडौँ, १७ साउन । सांसद निरु पाललाई पेस्तोल देखाएर धम्काएको आशङ्कामा ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनीहरूलाई सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त विषयमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको हो । प्रहरीले काठमाडौँमा ८० जनालाई सादा पोसाकमा पनि खटाएको छ । यस कार्यमा वानेश्वर वृत्तका डिएसपी गोविन्द राज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौँका सादा पोसाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ ।

साउन १५ गते बेलुका नेकपाका सांसद निरु पाललाई काठमाडौँको बानेश्वरमा नचिनेका मानिसहरूले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

सम्बन्धित सामग्रीहरू