अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो – सभापति देउवा

बिआरटीनेपाल २०७५ साउन ३ गते ६:१९ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताउनुभयो ।

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उहाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यसअघिको सरकारले संसद्मा पेस गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसद्मा ल्याइनुपर्ने उहाँको माग थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू