अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 05:32

सरकार नियतवश डा. केसीको जीवनमाथि खेलवाड गर्दैछ – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:१६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाउनुभएको छ । सोमबार एक विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप लगाउनुभएको हो ।

सरकार विवेकको बाटो नहिँडेको भन्दै देउवाले यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिनुभएको छ । ‘डा. केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जिएको छ’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।’

आफू नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको भन्दै देउवाले त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै अहिलेको जटिलताको विवेकसम्मत हल भएको दावी गर्नुभयो ।

चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसँग वार्तामार्फत माग सम्वोधन गरी उहाँको जीवनरक्षाका अग्रसरता लिन सभापति देउवाले माग गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू