अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

भाषिक एकता कायम गर्नु अहिलेको आवश्यकता – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ असार २९ गते ९:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले छरिएर रहेका जनसाहित्यलाई संगठित गरी भाषिक एकता कायम गर्नु अहिलेको आवश्यकता भएको वताउनुभएको छ । शुक्रबारदेखि काठमाण्डौंमा सुरु भएको हिमवत् खन्ड कला–साहित्य सम्मेलनको उद्घाटन गर्दै उहाँले इतिहास, सभ्यता, संस्कृतिलगायतका थुप्रै पक्षमा नेपाल सम्पन्न रहेको जिकिर गर्नुभयो ।

हिमवत् खन्ड कला, साहित्य र संस्कृतिको जर्गेना र सम्वद्र्धन गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जनाइएको छ । भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीको अवसर पारेर गरिएकोसम्मेलनमा १३ देशका ४५ भन्दा बढी भाषा तथा साहित्य क्षेत्रका विज्ञहरुको सहभागिता रहेको छ ।

तीनदिने सम्मेलनका सहभागीहरुले कार्यक्रम मार्फत भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पुग्ने वताएका छन । सम्मेलनमा नेपाली कला, साहित्य र सांस्कृतिक क्षेत्रमा समृद्धिका आधारहरु तथा राष्ट्रिय अन्तराष्ट्रिय स्रष्टाहरुको योगदानका पक्षहरुसमेत प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू