अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

शान्ति समाजले सिंहदरबार अगाडि धर्ना दिने

बिआरटीनेपाल २०७५ असार २४ गते ९:०८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरू विरुद्ध मानव अधिकार तथा शान्ति समाजले २०७५ असार २६ गते देखी आन्दोलन सञ्चालन गर्ने भएको छ । यस क्रममा असार २६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि सरकारको स्वतन्त्रता विरोधी निर्णयहरू र स्वेच्छाचारी गतिविधि विरुद्ध दिउँसो १ बजे धर्ना प्रदर्शन गरिने छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरूको सहभागिता हुनेछ । मानव अधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिए ।

यसै गरी असार ३० गते शनिवार १ बजे प्रधानमन्त्री निवास बालुवाटार ३ नम्बर गेट अगाडि दोस्रो विरोध प्रदर्शन गरिने छ भने असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ वानेश्वर संसद् भवन अगाडि तेस्रो प्रदर्शन गरिने छ । यसै गरी साउन १ गतेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा निरन्तर नागरिक सभा आयोजना गरिने छ जसलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरूले सम्बोधन गर्नु हुनेछ । साउन महिनामा गरिने प्रदर्शन सहित दर्जनौँ कार्यक्रमहरूको प्रारुप चाडै सार्वजनिक गरिने छ ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको छ । साथै न्यायिक निर्णयहरूलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन प्रक्षेपण गरेको हो । 

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू