अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

कर्मचारीको अनिवार्य अवकाश उमेरको हद ६० पुर्‍याउन अर्थको राय

बिआरटीनेपाल २०७५ असार २३ गते ९:४१ मा प्रकाशित

सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमा अर्थले कर्मचारीको अवकाशको उमेरहद बढाउन सुझाव दिएको छ ।

अवकाश उमेर ६० बनाउनु पर्ने कतिपय कर्मचारी सङ्घ सङ्गठन र लोकसेवाको सुझाव रहेपनि सामान्य प्रशासन मन्त्री लाललबावु पण्डितले नयाँलाई अवसरबाट बन्चित गर्न नहुने भन्दै कर्मचारीको अवकाश उमेर ५८ नै कायम गर्नु पर्ने अडान लिए पछि विधेयकको मस्यौदामा ५८ नै कामय गरी सहमतिका लागि अर्थमा पठाइएको थियो ।

यता अर्थ मन्त्रालयले भने सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको बताएको छ ।

विधेयकमा यसअघि ५८ बाट ६० वर्ष उमेरको हदबन्दी राखिएको थियो । पछि पुनः ६० वर्षलाई हटाएर ५८ वर्ष कायम गरिएको थियो । तर अहिले पुनः अर्थमन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको सहमतिपत्रमा ६० वर्ष उमेर हदबन्दी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू