अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

ठुला लगानी नभित्र्याए सम्म बृहत् आर्थिक विकास सम्भव छैन : नेता महत

बिआरटीनेपाल २०७५ असार २२ गते २३:५० मा प्रकाशित

पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले काँग्रेसले कलकारखाना र उद्योगधन्दा बेच्यो भन्ने आरोप गलत भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ९५ औँ जन्म जयन्तीका अवसरमा आयोजित जिपी र समृद्धि विषयक विचार गोष्ठीमा उनले काँग्रेसको नेर्तत्वमा रहेको बेला कुनै पनि उद्योग धन्दा निजीकरण नभएको प्रस्ट पारे ।

उनले काँग्रेसले निजी र विदेशी पुँजी लगानीका लागि खुला गरेको बताए । अव ठुला लगानी र उद्यमशिलतालाई प्राथमिकतामा राखेर वृहत् आर्थिक विकास र रोजगारी सिर्जना गर्न सके मात्र देशले समृद्धि हासिल गर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

त्यस्तै कार्यक्रममा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले आर्थिक विकास र रोजगार सृजनालाई प्रमुख आधार बनाएर उद्योगको विकास गर्नु पर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई बेवास्ता गरी त्रास दिएको आरोप समेत लगाए । निजी क्षेत्रलाई विश्वासमा नलिए सम्म मुलुकमा आर्थिक विकास र समृद्धि आउन नसक्ने भन्दै उनले नेपालको राजनीतिक र आर्थिक नीतिलाई गाइड लाइन दिने एकमात्र पाटी काँग्रेस भएका दाबी समेत गरे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू