अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 22:18

बौद्धिक अपांगता भएका व्यक्तिहरूको राष्टिय खेलकुद प्रतियोगिता हुने

कृष्ण भट्टराइ, काठमाडौँ २०७५ असार १४ गते ६:४६ मा प्रकाशित

काठमाडौँ- यही शुक्रवार तथा तथा शनिवार स्पेशल ओलम्पिक नेपा ले काठमाडौँमा आयोजना गर्न लागेको विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरूको राष्टिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्या पारेर बुधवार खेलाडीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्पेशल ओलम्पिक नेपाले विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई खेलकुदको माध्यमबाट स्वास्थ्य र क्रियाशील बनाउने काम गर्दै आएको छ । खेलकुदको विभिन्न विधामा देशका विभिन्न स्थानमा जिल्ला, क्षेत्रीय तथा राटष्यि स्तरका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छ। सोही क्रममा विकासात्मक बौद्धिक अपांगता भएका व्यत्तिmहरुका लागि शुक्रवार तथा शनिवार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

उक्त खेलकुद प्रतियोगिता सञ्चालन हुनुभन्दा दुई दिन अघि बुधवार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा राष्टिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने दुई सय खेलाडीहरू सहित करिब ४ सय जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्पेशल ओलम्पिक नेपाकी प्रोग्राम मेनेजर डा।नम्रता भट्टका अनुसार बुधवार सबै प्रतियोगिहरुको हेल्थ स्क्रिनिनं गरियो । भिन्दा भिन्दै स्कुलहरूबाट आएका बौद्धिक अपांगता भएका व्यत्तिmहरुको सहभागिता थियो भने कति अविभावकहरुले आफ्ना सन्तानलाई आफै लिएर पनि आएका थिए । हेल्दि स्माइल, ओपनिगं आइज र हेल्थ प्रमोसनको मूल नाराका साथ गरिएको यो कार्यक्रममा आँखा र दाँतको परीक्षण गरिएको थियो । कार्यक्रममा आएका सबैलाई सनग्लासको साथै गुडी ब्याग समेत प्रदान गरिएको थियो ।

यसअघि स्पेशल ओलम्पिक्स नेपाले दुई वटा क्षेत्रीय खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । गत वैशाख १३ गते विराटनगर तथा जेठ ५ गते पोखरामा सञ्चालित प्रतियोगितामका विजेताले समेत काठमाडौँमा शुक्रवार तथा शनिवार आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिताका विजेताले आबुधाबीमा आयोजना हुने स्पेशल ओलम्पिक्स वल्र्ड गेम्समा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

बुधवारको हेल्दी एथ्लेट कार्यत्रmमलाई विभिन्न राष्टिय तथा अन्तर्राष्टिय प्रायोजकहरुले प्रायोजन गरेका थिए । लायन्स इन्टरनेशनल, गालिसानो फाउण्डेसन, सफिलोगु, कान्तिपुर डेन्टल कलेज, गोर्खा एस्थेकि, नेप्लीज फेसन होम, एमआर वंशले गु्रप आदिले प्रयोजन गरेका थिए ।