अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति संवेशदनशील बन्न सरकारलाई मानब अघिकारकर्मीको आग्रह

बिआरटीनेपाल २०७५ असार ४ गते १०:०७ मा प्रकाशित

मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । 

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको प्रेस वक्तव्यमा अदालतको आदेशको पालनामा सरकारले सक्रियता देखाउनुपर्ने र सत्याग्रहीप्रति सरकार संवेशदनशील बन्नुपर्ने भनिएको छ ।

लोकतान्त्रिक मूल्य, कानूनी शासन र व्यक्तिका स्वतन्त्रताप्रति गम्भीर र प्रतिबद्ध बन्न सरकारलाई आग्रह गर्दै वक्तव्यमा राष्ट्रिय स्वाभिमान र सद्भावविरुद्ध क्रियाशील जो कोहीलाई पनि कानून सम्मत कारबाहीको माग गरिएको छ ।

तत्कालीन माओवादीले मुलुकमा शुरु गरेको युद्धकालमा मारिएका छोरा कृष्णको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकारी करीब पाँच वर्षदेखि अनशनमा हुनुहुन्छ । उहाँको पतिको अनशनका क्रममा केही वर्षअगाडि मृत्यु भइसकेको छ ।

पछिल्ला दिनमा सरकारले अवलम्बन गर्न थालेका कतिपय नीति स्वतन्त्रताप्रति मेल नखाने उल्लेख गर्दै केही मन्त्रीको स्वेच्छाचारी आचरण, विधि, प्रक्रिया र मूल्यलाई लत्याएर ठाडो आदेशका भरमा संघसंस्थालाई निर्देशित गर्न खोज्ने प्रवृत्ति तथा एकाधिकारवादलाई बढावा दिने खालका केही सरकारी निर्णयहरु आपत्तिजनक रहेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू