अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

यमला पगला दीवाना फिर सेको टीजर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार १ गते ९:५९ मा प्रकाशित

देओल फेमिलीको नयाँ फिल्म ‘यमला पगला दीवाना फिर से’ को टीजर सार्वजनिक भएको छ । ईदको अवसरमा फिल्मको कमेडीले भरिएको टीजर सार्वजनिक गरिएको हो । टीजरमा धर्मेन्द्र, सनी र बबी देओलसँगै एक झलक सलमान खानको पनि देख्न सकिन्छ ।

यो फिल्म धर्मेन्द्र, सनी र बबी देओलको हिट फ्रेन्चाईजको तेस्रो सिरिज हो । यो फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । यदि रिलीज डेट फेरबदल भएन भने ‘यमला पगला दीवाना’ स् फिर से’ को अक्षय कुमारको फिल्म गोल्ड र जोन अब्राहमको फिल्म ुसत्यमेव जयतेु सँग भिडन्त हुनेछ ।

हालैमा फिल्म रेस ३ को ट्रेलरमा सलमान खान र बबी देओल सर्टलेस अन्दाजमा देखिएका थिए । अब फेरि यमला पगला दीवानाको तेस्रो सिरिजमा यी दुई सँगै देखिनेछन् । टीजरमा यी दुईको साथमा कुनै सिन सामेल नगरिएता पनि ट्रेलरमा दुई साथ देखिने विश्वास लिइएको छ ।

फिल्मको तेस्रो सिरिजमा धर्मेन्द्र, सनी र बबी गुजराती अवतारमा देखिनेछन् । फिल्मलाई निर्देशन नवनैत सिंहले गरेका हुन् । उनी पञ्जाबी फिल्मका चर्चित निर्देशक हुन् । उनको निर्देशनमा ‘यमला पगला दिवाना ३’ पहिलो बलिउड फिल्म हो ।

प्रतिक्रिया